ला लिगामा बार्सिलोना विजयी « Image Khabar


ला लिगामा बार्सिलोना विजयी


Imagekhabar
१५ मंसिर २०७७, सोमबार ०७:१६

काठमाडौं । स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन, फिलिप कौटिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे ।

जितसँगै वार्सिलोना लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । वार्सिलोनाको ९ खेलबाट १४ अंक छ । ११ खेलबाट २४ अंक जोडेको रियाल सोसिडाड शिर्ष स्थानमा छ ।

सोसिडाडले गएराति भएको खेलमा भियारियालसँग १–१ गोलको बराबरी खेल्यो ।

ला लिगाकै अन्य खेलहरुमा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले हराउँदा गेटाफेले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्