सन्धिखर्कमा जनमोर्चाको विरोध « Image Khabar


सन्धिखर्कमा जनमोर्चाको विरोध


Imagekhabar
१४ मंसिर २०७७, आईतवार २०:०८

अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ ।

कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाए ।

कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, कालो बजारी नियन्त्रण नगरेको र किसान तथा विद्यार्थीका सामान्य समस्या पनि सरकारले समाधान गर्न नसकेको भन्दै उनीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको उनीहरुको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्