हेटौंडामा पूर्वराजाको समर्थनमा मोटरसाइकल र्‍याली « Image Khabar


हेटौंडामा पूर्वराजाको समर्थनमा मोटरसाइकल र्‍याली


Imagekhabar
१४ मंसिर २०७७, आईतवार २०:०२

हेटौंडा, मंसिर १४ । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल र्‍याली गरेका छन् ।

हेटौंडाको हुप्राचौरबाट सुरु गरिएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।

र्‍याली सहभागीहरुले २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियान, राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

र्‍यालीसंगै महिला एवं वृद्धवृद्धाहरुले नेपालको झण्डा बोक्दै पैदल यात्रा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्