
काठमाडौं, साउन १६ । नेपाल वायुसेवा निगमले अगष्ट २९ तारिखदेखि जापानको ओसाकामा नियमित उडान गर्ने भएको छ ।
ओसाकामा नियमित उडानका साथै निगमको विमानबाट नारिता विमानस्थलसम्म चार्टर उडानसमेत हुने र यससम्बन्धमा सुमेरु टुर्स एन्ड ट्राभलसँग सम्झौता भएको निगमले जनाएको छ ।
नारिता र ओसाका उडानले नेपाल र जापानको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्नुका साथै यात्रीहरुले सुविधापूर्ण सेवा पाउने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्