गायक राजु लामा पर्यटन प्रवर्दनमा « Image Khabar


गायक राजु लामा पर्यटन प्रवर्दनमा


Imagekhabar
१२ मंसिर २०७७, शुक्रबार १९:१७

सोलुखुम्बु, मंसिर १२ । कोरोनाका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गायकद्वय राजु लामा र छेवाङ लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको तल्लो क्षेत्रको एक हप्ता लामो भ्रमण गरेका छन् ।

उनीहरुले पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले विभिन्न महत्वपूर्ण पर्यटकीयस्थलहरुको भ्रमण गरेका हुन् ।

हिमाल आरोहणका लागि खुम्बु क्षेत्रनै जानु पर्ने भए पनि हिमालहरुको दृश्यावलोकन तल्लो सोलुका उच्च पहाडहरुबाट सहज रुपमा गर्न सकिन्छ ।

आन्तरिक पर्यटकको ध्यान खिच्दै आवागमन बढाउन तीन दशक भन्दा बढी समय गायन क्षेत्रमा सक्रिय राजु लामा र छेवाङ लामाले तल्लो सोलुका आकर्षक पर्यटकीय गन्तव्यहरु पत्ताले, रातनाङ्गेडाँडा, क्याम्जे, टाक्सिन्दु, जुनवेशी, पिके, च्याल्सालगायतका ठाउँको भ्रमण गरी पर्यटन प्रर्वद्धनमा जोड दिएका हुन् ।

देशभित्र घुमेर ग्रामिण परिवेशको पहिचान गर्दै देश विदेशमा प्रचारप्रसारका लागि भ्रमणमा निस्किएको गायक राजु लामाले बताउनुभयो ।

उनीहरुले टाक्सिन्दु गुम्बामा रहेका बृद्धवृद्धाहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्