
काठमाडौं, मंसिर १२ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० मा कारोवार भएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला रु. ९१ हजार ५०० मा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला रु. ९० हजार ८०० मा कारोवार भएको छ ।
बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोवार भएको थियो ।
चाँदी शुक्रबार प्रतितोला रु. एक हजार १६५ मा कारोवार भएको छ ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला रु. १० ले ओरालो लागेको हो ।
बिहीबार चाँदी प्रतितोला रु. एक हजार १७५ मा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्