
काठमाडौं, साउन १६ । नेपाली सेनाका भगौडा जवान शक्ति गुरुङलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
गुरुङ द्वन्द्वकालमा नेपाली सेनाबाट भागेर माओवादी सेनामा प्रवेश गरेका थिए ।
त्यसको १३ वर्षपछि यही साउन १२ गते सैनिक समरी जनरल अदालतले उनीविरुद्ध सजाय सुनाएको हो ।
उनलाई १० वर्ष कैद र भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी सजाय सुनाइएको छ ।
वि.सं. २०६३ साल साउन ३० गते हतियार र गोलीगठ्ठासहित भागेका गुरुङलाई सोही कसुरमा सजाय सुनाइएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हातहतियार, गोलीगठ्ठासहित भगौडासम्बन्धी आरोपमा गुरुङ दोषी ठहर भएको जानकारी दिए ।
गोरखा, आरुघाटका गुरुङलाई जिल्ला कारागार भरतपुर चलान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्