
काठमाडौं, साउन १६ । काठमाडौं उपत्यकाको दक्षिणकाली नगरपालिका–१, चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर, नौखण्डेका २० वर्षीय अनिल लामा, मकवानपुर, इन्द्रसरोवर गाउँपालिका–४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौं, चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् ।
चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र बा७२प ९६७० नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकलसहित फेलापारी पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्