५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

भन्सार विभागले आज काठमाडौमा गरेको भन्सार व्यवस्थापन विषयक कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य रहेको बताए ।

अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको भन्दै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको विकासको लागि सरकार क्रियाशिल रहेको पनि बताए

अर्थमन्त्रीले कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग व्यवसाय विस्तार गर्नु पर्ने आवश्यकता औल्याए ।

अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणालीको विकास गर्दै जाने सरकारको नीति रहेको प्रष्ट पारे ।

भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, विराटनगर,नेपालगञ्ज र वीरगञ्जजस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको बताए ।

भन्सार विज्ञहरुले भने भन्सार क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।