सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग « Image Khabar


सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग


इमेजखबर
१० मंसिर २०७७, बुधबार १९:१४

काठमाडौं, मंसिर १० । तीनओटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।

सामाजिक सुरक्षा दिवसको अवसर पारेर बुधबार नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार बिमा योजनालाई तत्काल सुरु गर्नसमेत ट्रेड युनियनहरुले माग गरेका छन् ।

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिकरुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको बताउनुभयो ।

ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, सञ्चयकोष तथा उपदान व्यवस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसँग बाझिएका ऐन–नियमहरु परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्