चारकिल्लामा सुविधासम्पन्न विद्यालय « Image Khabar


चारकिल्लामा सुविधासम्पन्न विद्यालय


इमेजखबर
१० मंसिर २०७७, बुधबार १५:२३

काभ्रे, मंसिर १० । काभ्रेको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिका चारकिल्लामा सुविधासम्पन्न विद्यालय निर्माण भएको छ ।

वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त ग्रामोन्नती माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको हो ।

एसियाली विकास बैंक र सरकारको करिब १० करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण भएको विद्यायको बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभयो ।

२१ कोठासहितका दुईओटा भवन बालमैत्री, अपांगतामैत्री र प्रविधिमैत्री छन् ।

महाभारत गाउँपालिकामा हालसम्म एउटा पनि उच्च माध्यमिक विद्यालय छैन । उच्चशिक्षाका लागि यस क्षेत्रका मानिसहरु धुलिखेल, बनेपा, काठमाडौं पुग्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्