१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त


0
Shares

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।

सुनसरी रामधुनी ३ झुम्काकी ३५ बर्षिया पार्वाता कार्कीको सुत्केरी पछि पाठेघरको शल्यक्रिया गर्दा मृत्यु भएको हो ।

जसले गर्दा पीडित पक्षले उनको शव बुझन मानेका छैनन् भने आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन् ।

आइतबार अस्पताल भर्ना भएकी कार्कीको आज विहान अस्पतालको आईसियु कक्षमा मृत्यु भएको हो ।

पीडितपक्षले डेलीभरीका लागि अस्पताल भर्ना गरिएकी कार्कीको चिकित्सको लापार्वाहीका कारण मृत्यु भएको दावी गरेका छन् ।

उनको सामान्य अवस्थामै डेलिभरी भएकोमा पछि चिकित्सककै सल्लाहमा पाठेघरको शल्याक्रिया गर्दा मृत्यु भएको आफन्त बताउँछन् ।

कार्कीका आफन्तले अप्रेशनमा संलग्न चिकित्सकलाई कार्वाही गर्नुपर्ने आडान राखेर शव बुझन समेत मानेका छैनन् ।

अस्पताल प्रशासनले भने चिकित्सकको लापार्वाहीले कार्कीको मृत्यु नभएर उच्च रत्तश्रापका कारण मृत्यु भएको दाबी गरेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले समान्य अबस्थामा डेलीभरी भएको कार्कीले बच्चा जन्माउँदा पाठेघरमा समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्ने क्रममा उच्च रत्तश्रापका कारण उनको मृत्यु भएको बताएका छन् ।

गएको साउन ६ मा पनि सोही अस्पतालमा सुनसरी दुहवीका ५० वर्षीय अनिलकुमार साहको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।