
-प्रज्ञा तिमल्सिना/ईमेज
काठमाडौं । मरणोपरान्त आप्mनो शरिरका विभिन्न अंग दान दिन मन्जुरी दिने व्यक्तिको संख्या बढ्दै गएको छ ।
आँखाको नानी दानबाट सुरु भएको अंगदान मिर्गौला, मुटु, फोक्सो, कलेजो तथा छालालगायत दान गर्ने क्रम बढेको हो ।
मृत्युपपछि आफनो शरिरको अगं अरुलाई दान दिने भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।
आफनो शरिरको अंग पनि अरुलाई दान दिन मिल्छ र ? भन्ने प्रश्न उब्जन सक्छ ।
तर त्यस्तो दानले धेरैलाई जीवनदान दिन सक्छ भन्ने कुराको जानकारी धेरैमा नहुन सक्छ ।
सन् १९५४ मा अमेरिकाबाट सुरु भएको अगं प्रत्यारोपण नेपालमा भने सन् २००८ देखी मात्र सुरु भएको हो ।
अंग प्रत्यारोपण सुरु भएको ११ बर्ष पछि त्यसप्रति मानिसहरुको सचेतना भने विस्तारै बढ्दै गएको छ ।
मानिसको शरीका ८ वटा अंग अरुलाई दिन मिल्छ । जसमा मिर्गौला, फोक्सो, मुटु कलेजो, हड्डी र छाला मूख्य रहेका छन् ।
नेपालका विभिन्न अस्पतालहरुमा अंग प्रत्यारोपण हुन थालेको छ ।
बीर अस्पतालमा मिगौला प्रत्यारोपण गराउन सकिन्छ भने टिचिङ् र भक्तपुरको मावन अगं प्रत्यारोपण केन्द्रमा मिगौला र कलेजो दुवै अंग प्रत्यारोपण हुने गर्दछ ।
नेपालमा मुटु र फोक्सो प्रत्यारोपण भने सुरु नभएको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।
दिर्घरोग रोग नलागेका र ६० बर्ष नकटेका व्यक्तिहरुले अंगदान गर्न सक्ने चिकित्सकहरु बताउछन् ।
सडक दुर्घटनामा परी मष्तिक मृत्यु भएका व्यक्तिको अंगदान हुन सक्यो भने धेरैले जीवनदान पाउन सक्ने केन्द्रका निर्देशक डा. श्रेष्ठले बताउँछन् ।
भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रलाई हाल नेपाल सरकारले मष्तिक मृत्युवाट हुने अंगदानको समन्यय ईकाइ समेत तोेकेको छ ।
अस्पतालमा हाल सम्म तीन हजारले अगंदान गर्ने मन्जुरी दिएका छन् जसमा मन्त्री देखी, नेताहरु, कलाकार र सर्वसाधारण सम्म रहेको निर्देशक डा. श्रेष्ठले बताए ।
केन्द्रमा हाल सम्म ६ सय ५२ जनाको मिर्गौला प्रत्यरोपण भईसकेको छ भने ४ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
टिचिङ् अस्पतालले भर्खरै मात्र सुरु गरी दुई जनाको कलेजो प्रत्योपण गरिसकेको छ ।
मृत्युपछि जलेर खरानी हुने अंगहरुको दान गर्दा जीवन मृत्युको दोसाँधमा रहेका ब्यक्तिहरुलाई जीवन दान प्राप्त हुन्छ भने त्यस्तो दान गरेर पून्य कमाउन किन कञ्जुस्याई गर्नु ?
प्रतिक्रिया दिनुहोस्