
काठमाडौं । स्कटल्याण्डको सेल्टिक फुटबल क्लब युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो चरणको छनोटमा सेल्टिकले इस्टोनियाको नोमे काल्युलाई २–० ले हरायो ।
पहिलो लेगको खेल ५–० ले जितेको सेल्टिकले समग्रमा ७–० को जित निकाल्दै तेस्रो चरणम ठाउँ पक्का गर्यो ।
तेस्रो चरणमा अब सेल्टिकले रोमानियाको सि.एफ.आर क्लुजसँग खेल्नेछ ।
दोस्रो चरणमा इजरेलको मकाबी तेल अभिभलाई एग्रिगेटमा ३–२ ले हराउँदै क्लुज तेस्रो चरणमा उक्लिएको हो ।
गएराति भएका अन्य खेलमा विजयी हुँदै स्विटजरल्याण्डको एफ.सी बाजल, साईप्रसको अपोइल निकोसिया, क्रोएसियाको डाईनामो जाग्रेब र ग्रिसको ओलम्पियाकोस पनि च्याम्पियन्स लिग फुटबलको तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्