
नवलपरासी, साउन १४ । नवलपरासीको सुनवलमा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक वृद्धसहित दुईजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीया नारायणप्रसाद श्रेष्ठ र ४१ वर्षीया लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घरमा कोही नभएको मौका पारेर प्रलोभन देखाएर विगत तीन महिनादेखि उनीहरुले ती बालिकालाई छुट्टा–छुट्टै बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एकजना भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्