साउदी राजकुमार र इजरायलका प्रधानमन्त्रीबीच गोप्य भेटवार्ता « Image Khabar


साउदी राजकुमार र इजरायलका प्रधानमन्त्रीबीच गोप्य भेटवार्ता


Imagekhabar
९ मंसिर २०७७, मंगलवार ०७:३१

काठमाडौं । साउदी अरेबियाले इजरायलसँग कुनै उच्च पदस्थ अधिकारीहरुको भेटवार्ता नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले साउदी अरेबियाका राजकुमा मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेको इजरायलका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले उक्त भेट नभएको दावी गरेको छ । उक्त भेटमा साउदी अरेबियाले कतारसँग जारी विवाद अन्त्यका लागि इजरायलको मध्यस्थताबारे छलफल गरेको बताइएको छ ।

तर साउदी अधिकारीहरुले भने उक्त भेटवार्ता नै नभएको भन्दै खण्डन गरेका हुन् ।

इजरायलले संयुक्त अरब इमिरेट्स, बहराइन र सुडानसँग सम्बन्ध सुधारका लागि गरेको सहमतिको केही हप्तापछि साउदी राजकुमारसँग भेटवार्ता भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्