४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


चितुवाको छाला सहित २ जना पक्राउ


0
Shares

कैलाली । प्रहरीले कैलालीको अत्तरियावाट चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीवाट खटिएको टोलीले गोदावरी नगरपालिका–४ वाट चितुवाको २ थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिका ५ का २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ बर्षिय रामबहादुर विष्ट छन् ।

प्रहरीले चितुवाको छाला सहित उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी राजेन्द्रले चितुवाको छाला बिक्रि गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।