२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


भारतीय विदेशसचिव श्रृंगला ११ गते बिहीबार नेपाल आउँदै, उच्चस्तरीय भेटघाट हुने


0
Shares

indian foreign secretary nepal visit

काठमाडों, मंसिर ८ । भारतका विदेशसचिव हर्षबर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव श्रृंगलाको भ्रमण मिति र कार्यक्रम सार्वजनिक गरेका हुन् ।

दुबै देशका मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर यसलाई उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता भनेका छन् । श्रृंगलाको भ्रमणमा कालापानीलगायत विवादित सीमा क्षेत्रको बारेमा छलफल हुने नहुने केही जनाइएको छैन ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका श्रृंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

एक वर्षअघि भारतको विदेश सचिवमा नियुक्त हुनुभएको श्रृंगला पहिलो पटक नेपाल आउनुभएको हो ।

परराष्ट्र मन्त्रालयले नेपाल र भारतका परराष्ट्रसचिवहरूबीचको औपचारिक वार्ता बिहीबार नै हुनेछ ।

विदेश सचिव श्रृंगलाले नेपाल सरकारलाई कोभिड– १९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।