Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


कांग्रेस सांसद पाण्डेले लिए शपथ


0
Shares

Parliamentarian oath

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेलाई सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ दिलाइएको हो ।

पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शपथ दिलाउनुभएको हो ।

प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।

सांसद पदको शपथ लिएपछि पत्रकारहरुसँग पाण्डेले संघीय संसदको गरिमा उँचो बनाउन आफ्नो भूमिका रहने बताउनुभयो ।

निर्वाचन आयोगका कांग्रेसले बुझाएको समानुपातिक सूचीमा केसी निर्वाचित क्लष्टरमा केसीपछि पाण्डेको नाम भएकाले उहाँले यो अवसर पाउनुभएको हो ।

समानुपातिक सांसदको पद रिक्त भएमा जुन कलष्टरको पद रिक्त भएको हो सोही क्लष्टरबाट क्रम संख्या अनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

केसीको गत कार्तिक १७ गते निधन भएपछि केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो ।