Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


कांग्रेस सरकारमा जाँदैन : प्रवक्ता शर्मा


0
Shares

काठमडौं, मंसिर ७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ बर्ष कंग्रेस सरकारमा नजाने स्पष्ट पार्नुभएको छ ।

सत्तारुढ नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर फुटकै अवस्थामा पुगेका बेला प्रधानमन्त्री केपी ओलीले कंग्रेस सभापति शेरबहादुर देउबासंग गोप्य भेट गरी सहकार्यकालागि प्रस्ताव गरेको चर्चा चलिरहेका बेला प्रवक्ताले उक्त कुरा स्पष्ट पार्नुभएको हो ।

प्रवक्ता शर्माले आज ट्वीट गरी कंग्रेस पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गर्नुभएको हो ।

उहाँले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव समेत दिनुभएको छ ।

पार्टी कुनै पनि भड्कावबाट टाढा रहेको र रहनेमा पनि शर्माले अडान व्यक्त गर्नुभएको छ ।

नेकपाको द्वन्द्वसँग कंग्रेस विशुद्ध निरपेक्ष रहेको भन्दै प्रवक्ता शर्माले सरकारको जोड घटाउमा कांग्रेसको टाउको नगन्न पनि चेतावनी दिनुभएको छ ।