बुटवल, साउन १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका सबै ‘पखेटाहरु’मा ‘खिया’ लागिसकेको बताएका छन् ।
सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेरमात्र नहुने भन्दै काम गर्ने वातावरणसमेत नरहेको बताए ।
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै भ्रष्टाचारकै कारण मुलुकमा विकासले गति लिन नसकेको उल्लेख गरे ।
भ्रष्टाचारमा मुछिएका दुईजना पूर्वकर्मचारीले आत्महत्या गरेकोे प्रसंग उठाउँदै भण्डारीले अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्