Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपा सचिवालय बैठक निष्कर्षविहीन


0
Shares

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विनानिष्कर्ष टुंगिएको छ ।

पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो ।

सचिवालयको अर्को बैठक यही साउन २८ गते बस्ने जनाइएको छ ।

स्कुल विभागको नेतृत्वका लागि पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवै पक्षको अडान कायम रहेपछि बैठक दुई सातापछि सारिएको हो ।

स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटक–पटक छलफल भएपनि कुरा मिलेको छैन ।

ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद्, सम्पर्क मञ्चलगायतका निकायहरुमा भने सहमति भएको दाबी गरिएको छ ।