Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस र राजपाका सांसदहरुद्वारा संसदमा नाराबाजी, बैठक स्थगित


0
Shares

काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गरेका हुन ।

भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ ।

उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन, तर सरकार यसमा सहमत भएको छैन ।

गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचालु भएको थियो ।

संसद अवरुद्ध गरेपछि बुधबार बस्ने गरी संसद बैठक स्थगित भएको छ । अबको बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।