
काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा पुनः गरिएको मतगणनामा राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको आधिकारिक रुपमा घोषणा गरिएको छ ।
बाइडेन १२ हजार ६ सय ७० मत प्राप्त गरी सो राज्यमा विजयी हुनुभएको हो । जितसँगै बाइडेनले उक्त राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले पुनः मतगणना गरिएको हो ।
जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी हुनु भएको हो ।
सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गर्नु भएको थियो । बाइडेन पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ ।
जोर्जियाको मत परीणाम आएसँगै बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पको भने २ सय ३२ मत छ । अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २ सय ७० मत आवश्यक हुन्छ ।एजेन्सी)
प्रतिक्रिया दिनुहोस्