उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा • Image Khabar Image Khabar


उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा


Imagekhabar
५ मंसिर २०७७, शुक्रबार १४:३३

Fncci election

काठमाडौं, मंसिर ५ । नेपाल उद्योग वाणिज्य महासंघको यही मंसिर १३ गते हुने ५४औँ साधारणसभा मार्फत नेतृत्वमा पुग्न १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको जम्मा ६४ पदका लागि देशभरका एक सय २७ जना व्यवसायी मैदानमा उत्रिएका हुन् ।
महासंघको निर्वाचन समितिका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यको ६४ पदमा १२७ जनाको उम्मेदवारी परेको हो ।

यसमध्ये सबैको चासो भने वरिष्ठ उपाध्यक्षमा को निर्वाचित हुनेछ भन्नेमा छ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै आउँदो कार्यकालको अध्यक्ष हुने भएकाले सबैको ध्यान त्यतै तानिएको हो । वरिष्ठ उपाध्यक्ष बन्न चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान कस्सिएर लाग्नुभएको छ ।

यसैगरी, उद्योग वाणिज्य समूहतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एशोसिएटतर्फ रामचन्द्र संघाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

जिल्ला नगरतर्फको ८ पदका लागि भने ३८ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशबाट एक÷एक जना निर्वाचित हुनका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये प्रदेश १ बाट भने राजेन्द्र राउत निर्विरोध हुनुभएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघका नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्स एण्ड ईका प्रतिनिधि सन्दिप अग्रवाल पनि निर्विरोध हुनभएको छ।

महासंघको वस्तुगत संघतर्फको अरु १४ सदस्य पदका लागि २९, एशोसिएटतर्फको १९ पदका लागि ३३ र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भने ५४ साधारण सभापछि स्वतः महासंघको अध्यक्षमा चुनिनु हुनेछ ।

उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा
उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा
उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा
उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा
उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा
प्रतिक्रिया दिनुहोस्