
काठमाडौं । भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ ।
यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्