
पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले पनि लोकतन्त्रको पाठ सिकाउन नपर्ने बताएका छन् ।
गन्डकी प्रदेशको प्रदेशसभा बैठकलाई बिहीबार पहिलोपटक पोखरामा सम्बोधन गर्दै उनले ‘लोकतन्त्रका लागि ५० वर्ष लडेको र पोखरामै तीन वर्ष जेल बसेको केपी ओलीलाई कसैले पनि सिकाउन पर्दैन’–भने ।
मुलुकको आर्थिक समृद्धि भनेकै रेल र पानीजहाज हो भन्दै उनले ‘रेल र पानीजहाज ल्याउँछुभन्दा मजाक उडाउनेहरुलाई ल्याएरै देखाइदिने दाबी गरे ।
त्यसअघि, प्रधानमन्त्री ओलीलाई पोखराका विभिन्न ठाउँमा कालोझन्डा देखाइएको थियो ।
कालोझन्डा देखाउने नेविसंघका २५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्