Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


स्वस्थ र निरोगी रहन दैनिक योग साधना अपनाउन सुझाव


0
Shares

काठमाडौं । योगका प्रशिक्षकहरुले योग साधनाका विविध पक्ष र यसको महत्वबारे प्रकाश पारेका छन् ।

ओम शान्ति साधना केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा योग गुरुहरुले स्वस्थ र निरोगी रहन दैनिक रुपमा योग साधना अपनाउन सुझाव दिए ।

उनीहरुले शारीरिक मानसिक र वौद्धिक रुपमा स्वस्थ रहन योगको विकल्प नभएको वताए ।

कार्यक्रममा इमेज च्यानलका महाप्रवन्धक रघुवीरभक्त मानन्धरले एक दशकदेखि साधना केन्द्रले योगबारे सर्वसाधारणलाई प्रशिक्षण गराउँदै स्वस्थ जिवनयापनमा सहयोग पुर्‍याएको र आगामी दिनमा नियमित रुपमा केन्द्रले योग प्रशिक्षणमार्फत योगको महत्वबारे उजागर गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा संस्थाका योग प्रशिक्षकलाई सम्मान गरिएको थियो ।