
-मानबहादुर वली/ईमेज
सुर्खेत । प्राकृतिक प्रकोप एवम विपद् न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गरेको प्रदेश सरकार नेपाल प्रहरी र नेपाली सेनाकै भर परिरहेको अवस्थामा सुुर्खेतको भेरीगंगा नगरपालिकाले आपत्कालिन उद्धार कार्यमा पूर्व तयारी गरेको छ ।
अधिकांश चुुरे क्षेत्र रहेको नगरपालिका जस्तोसुकै प्राकृतिक विपत्तिलाई व्यवस्थापन गर्न तयारी अवस्थामा रहेको हो ।
सुुर्खेतको भेरीगंगा नगरपालिकाका विभिन्न वडामा बर्षासँगै हुुन सक्ने प्राकृतिक प्रकोपलाई तत्काल व्यवस्थापनका लागि आपतकालिन उद्धार कक्ष तयारी अवस्थामा छ । भेरीगंगा नगरपालिकाका वडा नं. १, २ र ३ बाढि पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो ।
त्यस्तै भेरीगंगा नगरापालिका हुुदै वग्ने भेरी नदी र बवई नदी किनारका वस्ती पनि बाढी पहिरोको उच्च जोखिममा छन् ।
बाढी, पहिरो जस्ता विपत्तिबाट हुन सक्ने क्षतीलाई कम गर्ने उद्देश्यले नगरपालिकाले आपतकालिन उद्धार कक्षलाई हाइ अलर्टमा राखेको नगरपालिकाकी उपप्रमुख रेणुु आचार्यले बताइन ।
नगरपालिकाले हरेक वडाका टोल वस्तीमा प्राकृतिक प्रकोपबाट हुन सक्ने घटना न्युुनिकरणका लागि जनचेतनामुुलक गतिविधिलाई समेत तिव्रता दिएको छ ।
जिआईजेट सिडिमुनको आर्थिक सहयोगमा स्थापना गरिएको केन्द्रबाट भेरीगंगा नगरपालिकालगायतका क्षेत्रमा हुने विपद्का घटनाहरु न्यूनीकरण गर्नका लागि सहयोग गर्ने कार्यकारी अधिकृत कमलप्रसाद पौडेल बताउँछन् ।
प्रभावकारी सूचना प्रणाली तथा विपद् व्यवस्थापनको पूर्व तयारी नगर्दा सुर्खेतमा २०७१ साउन २८ र २९ गते आएको बाढीबाट धेरै नै धनजनको क्षती भएको थियो ।
विपद् व्यवस्थापनका लागि भेरीगंगा नगरपालिकाले सञ्चालनमा ल्याएको आपत्कालिन उद्धार केन्द्रले चुरे श्रृडखलासँग जोडिएको नगरपालिकाका उच्च जोखिममा रहेका क्षेत्रमा हुनसक्ने सम्भावित जनधनको क्षतिलाई कम गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्