६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


रियल मड्रिडको लज्जास्पद हार, एथ्लेटिको मड्रिडका डिएगो कोस्टाले गरे चार गोल


0
Shares

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा रियल मड्रिडले लज्जास्पद हार बेहोरेको छ ।

अमेरिकाको न्यूजर्सीस्थित मेटलाइट स्टेडियममा भएका खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोलअन्तरले पराजित गरेको हो । खेलमा डिएगो कोस्टाले चार गोल गरे ।

तर त्यसपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । खेलको पहिलो हाफ सकिँदा एट्लेटिको मड्रिडले रियलमाथि पाँच गोल गरेको थियो ।

त्यसक्रममा कोस्टाले ह्याट्रिक पूरा गरेका थिए । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा कोरियाले गोल गरे ।

खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका कोस्टाले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरे । दोस्रो हाफको सुरुमा नै कोस्टाले अर्को गोल गरे ।

रियल मड्रिडका लागि ५९ औं मिनेटमा नाचोले गोल गरे । तर, ७० औं मिनेटमा एथ्लेटिकोका लागि सातौं गोल भिटोलोले गरे ।

खेलको ८५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमार्फत गोल गरे भने ८९ औं मिनेट जाभी हर्नान्डेजले गोल गरे । र, रियल ७–३ गोल अन्तरले पराजित भयो ।