Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


युरोपियन नेसन्स लिगः नेदरल्याण्डस, वेल्स र इटाली विजयी


0
Shares

काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् ।

समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोजनिया–हर्जगोविनालाई ३–१ ले पराजित गरेको हो ।

नेदरल्याण्डसका लागि जर्जिनिओ विनालडमले दुई तथा मेमफिस डिपेले एक गोल गरे । बोजनियाका लागि प्रेभ्ल्जाकले एक गोल फर्काए ।

सोही समूहको अर्को खेलमा इटालीले पोल्याण्डलाई २–० ले पराजित गरेको छ । इटालीका लागि जोर्गिन्हो र बेरार्डीले एक–एक गोल गरे ।

जितपछि ९ अंकसहित इटाली समूहको शीर्ष स्थानमा तथा नेदरल्याण्डस ८ अंकसहित दोस्रो स्थानमा छन् । पोल्याण्ड सात अंकसहित तेस्रो स्थानमा छ ।

समूह बी फोर अन्तर्गतको खेलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गरेको छ । वेल्सका लागि ग्यारेथ बेलको सहयोगमा ब्रूक्सले गोल गरे ।

नेशन्स लिग अन्तर्गत गएराति नै भएका अरु खेलमा स्लोभाकियाले स्कटल्याण्डलाई १–०, अर्मेनियाले जर्जियालाई २–१, अल्बानियालो काजखस्तानलाई ३–१, बेलारुसले लिथुवानियालाई २–०, टर्कीले रुसलाई ३–२, फिनल्याण्डले बुल्गेरियालाई २–१, ग्रिसले माल्डोभालाई २–० तथा स्लोभेनियाले कोशोभोलाई २–१ ले पराजित गरेको छ । एजेन्सी