२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्मचारीहरुलाई साइकल वितरण


0
Shares

सुर्खेत, साउन १० । कर्णाली प्रदेशको मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीहरुलाई १० ओटा साइकल वितरण गरेको छ ।

वातावरणमैत्री सहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीहरुलाई साइकल वितरण गरेको हो ।

कार्यालयबाट मोटरसाइकल खरिदलाई तीन लाख रुपैयाँ छुट्याइएको भएपनि वातावरणमैत्री सहर निर्माणका लागि साइकल वितरण गरेको सूचना अधिकारी केशव उपाध्यायले बताए ।

प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई साइकलमैत्री सहर बनाउन बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षको बजेटबाट प्रदेश सरकारले वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्म ‘साइकल लेन’ बनाउन दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।