
काठमाडौं, कात्तिक ३० । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
नेपाली टिमको शनिबार कोरोना परिक्षण गरिएको थियो ।
यस्तै एन्फाले यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ ।
उनी टिममा चाडै फर्कने एन्फाले जनाएको छ । उनले शुक्रबार भएको पहिलो खेल गुमाएका थिए ।
तर, एन्फाले बंगलादेशका मुख्य प्रशिक्षकको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम ढाकामा रहेको छ ।
नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ ।
बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्