काठमाडौं, साउन १० । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चालू आर्थिक वर्षमा हासिल गर्नुपर्ने दिगो विकासका लक्ष्य तय गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आज बसेको बैठकले उपसमिति गठन गरेको हो । उपसमितिले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्वन्धमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल गरी कार्यक्रमहरु तय गर्नेछ ।
समितिले दिगो विकासका लागि गत वर्ष पुरा नभएका कार्यक्रम पनि समावेश गर्दै आगामी कार्यक्रम तय गर्न उपसमितिलाई निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्