८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डा. गोविन्द केसीको समर्थनमा विशाल प्रदर्शन (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ३ । २० दिनदेखि जुम्लामा अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न माग राख्दै बिहीबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ ।

सरकारले २० दिनसम्म पनि डा. केसीका माग पूरा गर्न चासो नदिएको भन्दै नेपाल चिकित्सक संघ, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘माफियामुखी ऐन चाहिँदैन’, ‘नेकपाको सत्ता, चिकित्सक ऐन बेपत्ता’, ‘डा. केसीको मानवअधिकारको सम्मान गर’, ‘ओली सरकार कस्तो छ ? श्री ३ जस्तो छ’लगायतका नारा लगाएका थिए ।

माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीका माग पूरा गर्नुको साटो अपहरण शैलीमा डा. केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्नुले सरकार आतंककारी बनेको आरोप लगाए ।

सभामा चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ, उपाध्यक्ष ढुण्डिराज पौडेललगायतले डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

भिडियो हेर्नुहोस्