काठमाडौं, साउन ९ । नेपालमा मानिसको विभिन्न रोगबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मुटु, क्यान्सर, मधुमेह, मिर्गौला ‘फेल’लगायतका समस्याका कारण मानिसको मुत्यु हुने गरेको उल्लेख छ ।
७२ जिल्लामा गरिएको अनुसन्धानअनुसार १६ प्रतिशत मुटु, ८.५ प्रतिशत मधुमेह, ६ प्रतिशत मिर्गौला र १२ प्रतिशत मानिसको श्वास–प्रश्वासको समस्याका कारण मुत्यु हुने गरेको पाइएको छ ।
यस्तै, प्रदेशगत अध्ययनले मिर्गौलाका बिरामीको संख्या सबैभन्दा बढी गन्डकी प्रदेशमा र सबैभन्दा बढी प्रदेश नम्बर–५ मा मधुमेहीका बिरामी भेटिएका छन् ।
यस्तै, कर्णाली प्रदेशमा श्वास–प्रश्वासका बिरामी सबैभन्दा धेरै देखिएका छन् ।
जलवायु परिवर्तनका कारण हिमाली र पहाडी जिल्लाहरुमासमेत मलेरिया, कालाजारलगायतका रोग देखिन थालेको अनुसन्धानबाट खुल्न आएको छ ।
कार्यक्रममा योजना आयोगकी सदस्य डा. उषा झाले नसर्ने रोगको जोखिम बढ्दै गएकाले सरोकारवाला सबै चनाखो हुनुपर्ने बताइन् ।








प्रतिक्रिया दिनुहोस्