Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


वर्षायाममा सरुवारोगको जोखिम उच्च, सचेत रहन आग्रह


0
Shares

प्रज्ञा तिमल्सिना र भरत केसी (इमेज)

काठमाडौं, साउन ८ । मनसुनको समयमा खानपान र खानेपानीका कारण मानिसमा विभिन्न सरुवारोगको खतरा उच्च रहने गर्दछ ।

झाडापखाला, ज्वरो, टाइफाइड, डेंगीलगायतका सरुवारोगको जोखिम बढ्ने हुँदा सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

वर्षायाममा पानीका कारण टाइफाइड, जन्डिस, झाडापखाला, मलेरिया, हेपाटाइटिस, स्क्रब टाइफसलगायतका सरुवारोगको जोखिम उच्च हुने हुँदा सचेत रहनुपर्ने चिकित्सकहरुले सुझाव दिने गर्दछन् ।

खानपान र प्रदूषित पानीका कारण हाल काठमाडौं र आसपासका जिल्लाका धेरै मानिसमा झाडापखाला, टाइफाइडलगायतका समस्या देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ ।

यस्तै, बाढी–पहिरोले प्रभावित तराईलगायतका जिल्लामा सर्पदंश र लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुकोसमेत उच्च जोखिम रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

बााढी प्रभावित जिल्लाहरुमा घाउ–खटिरा भएका व्यक्तिमा प्रदूषित पानीले स्वास्थ्यमा थप समस्या ल्याउनसक्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् ।

यस्तै, मुसामा हुने किर्नाले मानिसलाई टोकेर लाग्ने स्क्रब टाइफसकोसमेत यस समयमा जोखिम उच्च रहने डा. पुनले जानकारी दिए ।

शारीरिक सरसफाइ गर्ने, पानी उमालेरमात्र खाने, घर वरपर सफा गर्ने, बासी र खुला ठाउँमा राखिएको खानेकुरा नखाने गर्दा पनि सरुवारोगको जोखिमबाट बच्च सकिने चिकित्सकहरु बताउँछन् ।

ज्वरो आउने, दिशामा रगत देखिने, थकित महसुस हुने, खान मन नलाग्ने, पेट दुख्नेजस्ता लक्षणहरु देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्