कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिहरु सक्रिय हुनपर्छ : अध्यक्ष तिमिल्सिना • Image Khabar Image Khabar


कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिहरु सक्रिय हुनपर्छ : अध्यक्ष तिमिल्सिना


Imagekhabar
२५ कार्तिक २०७७, मंगलवार १९:४०

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिहरु सक्रिय हुनपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक २५ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

धनगढीमा मंगलबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधिले महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिेनाले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

कोरोनासम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्