पूर्वसञ्चार सचिव मानन्धरको निधन « Image Khabar


पूर्वसञ्चार सचिव मानन्धरको निधन


इमेजखबर
२५ कार्तिक २०७७, मंगलवार १५:५८

काठमाडौं, कात्तिक २५ । पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ ।

मधुमेह तथा मिर्गाैला रोगबाट पीडित ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो ।

पछिल्लो केही दिनयता अस्वस्थ रहनुभएका मानन्धरलाई उपचारका लागि ललितपुरको स्टार अस्पताल भर्ना गराइएको थियो ।

तत्कालीन राजपरिषद्को सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका मानन्धरले चार दशक प्रशासनिक सेवामा रहेर काम गर्नुभएको थियो ।

प्रशासन क्षेत्रमा पुर्‍याएको योगदानवापत् उहाँलाई विभिन्न सम्मान र पदकबाटसमेत विभूषित गरिएको थियो ।

उहाँको मंगलबारै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्