अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द • Image Khabar Image Khabar


अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द


Imagekhabar
२४ कार्तिक २०७७, सोमबार १२:२१

अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द

बारा । बाराको अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले हात्तीसारमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिम रोक्न हात्तीसार बन्द गरिएको हो ।

निकुञ्जले हात्ती सफरका निजी क्षेत्रका होटल, ट्राभल्स् तथा निकुञ्जको सरकारी सेवाका सबै प्याकेज तत्कालका लागि बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले बताउनुभयो ।

हात्तीसारमा ९ वटा हात्ती र ३० कर्मचारीले आन्तरिक र बाहय पर्यटकलाई जंगल सफारीलगायतका सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्