हत्या गरी फरार रहेका भोलन पक्राउ • Image Khabar Image Khabar


हत्या गरी फरार रहेका भोलन पक्राउ


Imagekhabar
२३ कार्तिक २०७७, आईतवार १६:५७

हत्या गरी फरार रहेका भोलन पक्राउ

हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भोलनलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

भोलनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका– २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्