
पोखरा, साउन ७ । पोखराको लामाचौरमा आयोजना गरिने तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सव गर्न लागेको हो ।
सो अवसरमा राष्ट्रिय महिला भलिबल र विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगितासमेत गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ८ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले एक लाख १५५ र उपविजेताले ६५ हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, तेस्रो हुने टोलीले २५ हजार पाँच रुपैयाँ पुरस्कार पाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आउँदो भदौ १२ देखि १६ गतेसम्म चल्ने महोत्सवमा कास्की जिल्ला सितोरियो कराँते संघको व्यवस्थापनमा नरबहादुर बानियाँ स्मृति सितोरियो कराँते च्याम्पियनसिपसमेत आयोजना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्