११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ


0
Shares

पोखरा, साउन ७ । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् ।

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो विद्यालयमा अध्ययनरत् १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षाकोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो ।

घाइते विद्यार्थी पोखरास्थित अस्पतालमा उपचारपछि घर फर्किसकेको बताइएको छ । रासस