Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समय तोकियो


0
Shares

काठमाडौं, कात्तिक २१ । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले निजी आवास पुनर्निमार्णका लागि अनुदान लिने नयाँ अन्तिम समयसीमा तोकेको छ ।

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समित बैठकले हाल कायम रहेको पुनर्निमार्ण तथा प्रवलीकरण लाभग्राहीहरुले वि.स.२०७७ मंसिर मसान्तसम्म अनुदान संम्झौता गरि वि.स.२०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने निर्णय गरेको हो ।

पहिलो किस्ता लिइसकेका सबै पुनर्निमार्ण लाभग्राहीहरुले घर निमार्ण शुरु गरी दोस्रो किस्ता लिनका लागि वि.स.२०७७ माघ मसान्त सम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणिकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि वि.स.२०७८ बैशाख मसान्त सम्ममा स्थानीय तहमा प्रमाणीकरणको लागि निवेदन दिनु पर्ने छ ।

प्राधिकरणले सबै लाभग्राहीहरुलाई चाडै सम्झौता गर्न र अनुदान किस्ता लिन आग्रहसमेत गरेको छ ।