Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


‘स्कुल विभागको जिम्मेवारीका विषयमा सचिवालय बैठकमा छलफलै भएको छैन’


0
Shares

विराटनगर, साउन ६ । उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा नेकपाको सचिवालय बैठकमा छलफल नै नभएको दाबी गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसित कुरा गर्दै उनले मंगलबार बस्ने सचिवालयको बैठकले पार्टीका चारओटा आयोग र ३२ ओटा विभागको जिम्मेवारी टुंग्याउने दाबी गरे ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले हिंसा नछाडेसम्म वार्ताको कुनै सम्भावना नरहेको भन्दै मन्त्री पोखरेलले चन्द समूहसँग वार्ता गर्न वर्तमान सरकारले वार्ता टोलीसमेत नबनाएको स्पस्ट पारे ।