
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् ।
घटनामा आमा नन्दे रावत गम्भीर घाइते भएकी छन् । ५५ वर्षीय छोरा उदे रावतले गएराति ७५ वर्षीय बुवा काल्चे रावतको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
गम्भिर घाइते नन्दे रावतलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
घरायसी विवादका कारण छोराले बुवामाथि धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए ।
हत्या गरेर फरार रहेका उदे रावतलाई राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्