काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाले कामै गर्न नसक्ने चिकित्सा शिक्षा आयोगको औचित्यमाथि प्रश्न उठाएका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पतालको वार्षिकोत्सव कार्यक्रममा उपकुलपति खनियाले चिकित्सा शिक्षाको शुल्क र सिट निर्धारण यस वर्ष पनि आयोगले गर्ने छाँटकाँट नदेखाएको बताए ।
उपकुलपतिहरु सधैं विवादमा तानिने गरेको प्रसंग उठाउँदै खनियाले सरकार उपकुलपतिबीच कहाँ कुरा नमिलेको हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम ) का डिन डा. जगदिश अग्रवालले अनुसन्धान विधालाई बढाउने र पठनपाठनलाई समय सापेक्ष बनाउने दावी गरे ।








प्रतिक्रिया दिनुहोस्