लेष्टर सिटी र फुल्हम विजयी • Image Khabar Image Khabar


लेष्टर सिटी र फुल्हम विजयी


Imagekhabar
१८ कार्तिक २०७७, मंगलवार ०८:४४

लेष्टर सिटी र फुल्हम विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् ।

अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।

लेष्टरको जितमा बेल्जीयमका खेलाडी युरी टिलेमन्सले दुई गोल गर्दा हार्भे बार्न्स र जेमी भार्डीले एक एक गोल गरे ।

पराजित टोली लिड्सका स्टुवार्ट डालसले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा फुल्हमाले वेष्ट ब्रोमलाई २–० ले पराजित ग¥यो ।

यसै सिजनमा प्रिमियर डिभिजनमा फर्किएको फुल्हमका लागि जारी लिगमा यो पहिलो जित हो ।

यसअघिका ६ खेलमा फुल्हमले एक बराबरी तथा ५ हार वेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्