Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै


0
Shares

काठमाडौं । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना छ ।

ओली र दाहालबीच पार्टीका विभागको नेतृत्वका विषयमा मौखिक सहमति भइसकेको छ ।

तर त्यसलाई सचिवालय बैठकमा पेश गरी ठोस निर्णय गर्नुपर्छ ।

दुई अध्यक्षबीच महत्वपूर्ण र शक्तिशाली मानिएको संगठन विभागको प्रमुख बामदेव गौतमलाई बनाउने सहमति छ ।

त्यस्तै विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भएको छ ।

अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्वको विषयमा भने अझै कुरा मिल्न सकेको छैन ।

स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले इच्छा देखाउँदै आएका छन् ।

यस विषयमा पनि आजै छलफल गरी टुंगो लगाउने तयारी बैठकले गरेको छ ।