कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघद्धारा प्रदर्शन • Image Khabar Image Khabar


कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघद्धारा प्रदर्शन


Imagekhabar
१६ कार्तिक २०७७, आईतवार २०:३२

कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघद्धारा प्रदर्शन

काठमाडौं, कात्तिक १६ । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी भने कायम नगरेको पाइएको छ ।

उपत्यकामा कोरोना संक्रमणको दर बढीरहेको भएपनि प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी कायम नगरी प्रदर्शन गरेका हुन् ।

कोरोना पीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको प्रति पनि उनिहरुले विरोध गरेका थिए ।

प्रदर्शनमा सहभागिहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्